arrow

सरकारको न्यूनतम साझा कार्यक्रम आज ४ बजे सार्वजनिक गरिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
satta-karadal7.jpg

काठमाडौं । सरकारको योजना तथा कामको प्राथमिकता समेटिएको न्यूनतम साझा कार्यक्रम आज आइतबार सार्वजनिक गरिने भएको छ । 

सत्तारुढ दल आबद्ध गठवन्धनका नेताहरु सहभागी कार्यदलले तयार गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको सरकारको न्यूनतम साझा कार्यक्रममा केही संसोधनपछि आज ४ बजे सार्वजनिक गर्ने तयारी गरिएको हो ।

अहिले सत्तागठवन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र  जसपाका शीर्ष नेताहरु कार्यदलले बनाएको सरकारको साझा कार्यक्रमबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल जारी छ ।

प्रधामन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता र योजना समेटिएको छ । कार्यदलका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय भने कार्यदलले साझा कार्यक्रममा नराखेको बताएका छन् ।

यसैगरी राष्टिय एकताका पक्षमा जोड दिंदै संविधान संसोधनको विषयलाई अघि सारिने विषय उल्लेख गरिएको छ भने संसदमा विचाराधिन रहेका विद्येयकहरुलाई अघि बढाउने विषय पनि उल्लेख छ । कार्यदलमा कांग्रेस नेताहरु खड्का, डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ