- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ५ सय ४८ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख १४ हजार ८ सय ७७ जनामा र एन्टिजेन विधिबाट ६८ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार ९३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय ८५ रहेको छ ।
हाल ८ सय २ जनाको आईसीयु र १ सय ८१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
हालसम्म ४४ लाख ९४ हजार २ सय ६९ जनाले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २४ लाख ९२ हजार १ सय ८२ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।