arrow

कोरोना महामारी : पोखरामा आइतबार एकै दिन आठ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
corona-variant.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट पोखरामा आइतबार मात्रै आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये कास्कीका सात जना र गोरखाका एक जना छन् ।  मृत्यु हुनेमध्ये पाँच जना पुरुष र तीन महिला छन् । कास्कीमा मृत्यु भएका सबै पोखराका हुन् ।

पोखरा ३ की ५६ वर्षकी महिला, पोखरा ५ का ५० वर्षका पुरुष, पोखरा १० का ८१ वर्षका पुरुष, पोखरा १४ का ७५ वर्षका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य आप्तकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

यसै गरी गोरखाकी ५७ वर्षकी महिलाको पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएको शर्माले जानकारी दिए ।

यस्तै, पोखरा ३२ का ६२ वर्षका पुरुषको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, पोखरा १९ का ५६ वर्षका पुरुषको मणिपाल शिक्षण अस्पताल र पोखरा ७ की ४६ वर्षकी महिलाको चरक मेमो रियल अस्पतालमा मृत्यु भएको बताइएको छ । 

यस्तै, पोखरामा १६९, बागलुङमा १२२ जनासहित गण्डकी प्रदेशमा ५१० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गण्डकीमा ६२५ जना संक्रमित निको भएको शर्माले बताए । 

आइतबारको अन्तिम तथ्याङ्क अनुसार गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ सय ५१ जना रहेको छ । जसमध्ये ५४ सय १७ जना होम आइसोलेसनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ