arrow

सरकारको न्यूनतम साझा कार्यक्रम : तीन तहको क्षेत्राधिकारलाई संविधान बमोजिम कार्यान्वयन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
five-party-deuba-dahal-bhattrai.jpg

काठमाडौं । सरकारले आइतबार सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता कार्यान्वयनका लागि तीन तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । 

यसअघि सरकारले स्थानीय तहलाई प्रदेश मातहत राख्न खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो । विपक्षी दलहरुलेसमेत यो विषयमा आपत्ति जनाएका थिए । 

तर, सरकारले भने सरकारको न्यूनतम साझा कार्यक्रममार्फत तीनै तहका सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने गरी कार्यक्रम प्रस्तुत गरेको हो । 

कार्यक्रममा संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका मन्त्रालय मातहतका निकायहरु हस्तान्तरण गर्ने उल्लेख छ । 

सत्ता गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गर्न बनाइएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सरकारको साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवालाई पढेर सुनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ