arrow

जनकपुरका एक व्यवसायीको गोरखधन्दा : ३० लाखमा जग्गा किनेर ७७ लाख राजस्व छली

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन २४ आइतबार
agrawal-gorakhdhanda.jpg

जनकपुरधाम। राजेशकुमार अग्रवाल जनकपुरका चर्चित व्यवसायी हुन । राजेशकुमार अग्रवालले एक जग्गाको खरिदको कारोबारमा गरेको चलखेलबाट उनले राजस्वछलि गर्ने गरेको खुलेको छ । जनकपुरधामका अग्रवालले बर्षो देखि करोडौँ रुपैयाँको राजस्व छली गर्दै आइरहेको स्थानीयले आरोप लगाउँदै आएका थिए । 

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीपुर बगेवाका कितवल कवारीवाट उनले खरिद गरेको करिब ४ कट्टा ९ धुर जग्गामा राजस्व छली गरेको स्पष्ट भएको छ।

उनले खरिद गरेको करिब ४ कट्टा ९ धुर जग्गा जनकपुरका एक जनालाई एक करोड ७ लाखमा बैना गरे पनि उनले ३० लाखमा मात्रै मालपोत पास गराएका छन् । अग्रवालले वडा नम्बर ५ का ८७६, १३५१ र १३५२ तीन कित्ता मात्रै ३० लाखमा पास गराएको राजीनामा पत्रमा उल्लेख भएको छ । तर, जनकपुरका एक जनाले सो जमिन २०७७ मङ्सिर १२ गते गरेका बैनामा १ करोड ७ लाखमा खरिद गरिएको उल्लेख रहेको छ । सोही मितिमा जग्गाधनी कवाडी र उनका दुई छोराहरूले बैना बुझिलिएको हस्ताक्षर समेत गरेका छन् ।

सरकारले पुरुषको नाममा ५ प्रतिशत र महिलाको नाउँमा २ प्रतिशत राजीनामा पत्रमा उल्लेखित रकमको कर तिर्न भनिएको भए पनि खरिद गरिएको जग्गाको मूल्य भन्दा कम गरेर रजिस्ट्रेसन पास गराउँदा सरकारी राजस्व छली हुने गरेको छ । १ करोड ७ लाखमा बैना गरेका उनले ३० लाखमा मात्र जग्गा खरिद गरेको भनेर मालपोतमा पास गराए ।  यसरी उनले सिधै ७७ लाखको राजस्व छली गरेको देखिन्छ ।

यिनै कुराहरूबाट सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नम्बर ६ बस्ने गौरी शङ्कर अग्रवालका छोरा राजेशकुमार अग्रवालले सरकारी राजस्व छलेको पर्दाफास भएको हो ।  मालपोत कार्यालय धनुषामा यस्ता धेरै घटनाहरू देखिए पनि यथेष्ट प्रमाणहरू नभेटिएकै कारण राजस्व छली गर्नेहरूको कारबाही गर्ने गरेको थिएन ।

कानुन व्यवसायीहरू अग्रवाल दोषी ठहर भए बिगो बमोजिमको कारबाही हुने बताउँछन् । कानुन व्यवसायीका अनुसार यस्ता प्रकरणमा राजस्व विभाग मार्फत अनुसन्धान गरी राजस्व हिनामिना अभियोजन गरी मुद्दा चलाइन्छ । दोषी देखिए बिगो बमोजिमको रकम तिर्नुपर्ने हुन्छ ।

No description available.

No description available.

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ