- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेकोले व्यवसायी हुलाई परम्परागत व्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
विभिन्न परम्परागत सिप तथा कला संरक्षणमा तथा प्रवर्धन तथा औद्योगीकरण गर्ने उद्देश्यबाट स्थापित बी.जी एन्ड ग्रुप कम्पनी लिमिटेड ( विश्वकर्मा गोल्ड एन्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमिटेड) ले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुन चाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका हुन् ।
कम्पनीका प्रमुख संरक्षक तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले कम्पनीकारतर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो । सो अवसरमा भेटमा सहभागीहरूले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपालका विभिन्न परम्परागत सिप तथा पेसा अन्तर्गत सुनचाँदी पेशाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा रोजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको थियो ।
नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका सङ्घसंस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकी रहेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागीहरूले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संस्थाका सल्लाहकार तथा संयोजक प्रकाश गहतराज, कम्पनी संरक्षक तथा सञ्जालका विशिष्ट सदस्य टेकबहादुर विश्वकर्मा कम्पनी महासचिव हेमबहादुर विश्वकर्मा, बागमती प्रदेश संयोजक रमेश रसाइली, बागमती प्रदेश महासचिव राजन भुजेल, आयोजक समिति संयोजक रामप्रसाद लकान्द्री, नीर कुमार विश्वकर्मा, खेम तिरुवा लगायतको सहभागिता रहेको थियो ।