arrow

१४ लाख व्यक्तिका लागि खोप वितरण शुरु : राज्यमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
umesh.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १४ लाख व्यक्तिका लागि खोप वितरण शुरु भएको जनाएका छन् ।

कोभिशिल्ड खोपको पहिलो खेप लगाएका र दोस्रो खेपको प्रतिक्षामा रहेकाहरुलाई आज सोमबार बाट दोस्रो खेप शुरु गरिएको जानकारी गराएका हुन् ।

‘कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहनुभएका ६५ वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि खोप वितरण शुरु भएको छ,’ उनले सामाजिक संजालमा लेखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ