arrow

मन्त्रीपरिषद् निर्णय : नयाँ तलबमान १ साउनबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौँ । सरकारले १ साउनबाट नयाँ तलबमान कायम गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपा स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान १ साउनबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसै गरी सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । शर्मालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गरिएको छ । 

बैठकले परराष्ट्र सेवाका तीन उपसचिव क्रमशः सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गरेको छ । उनीहरूलाई परराष्ट्र मन्त्रालय वा अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको हो । 

यसै गरी ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८’ छलफलका लागि मन्त्रीपरिषद् प्रशासन समितिमा पठाउने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । 

सरकारले विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८ छलफलका लागि मन्त्रीपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ