- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ६ सय ५१ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख १७ हजार ४ सय ८६ जनामा र एन्टिजेन विधिबाट ६९ हजार ५ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय १५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गरिएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २ सय ८८ रहेको छ ।
हाल ७ सय ४१ जनाको आईसीयु र १ सय ८६ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
हालसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २६ लाख ६ हजार ४६ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।