arrow

प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता: विश्व सम्मेलनमा निम्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
NRNA-panta.jpg

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा ध्यानाकर्षण गरेका छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अगुवाइमा भएको भेटमा पन्तले महामारीको पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह पनि गरेका छन् ।

सोही क्रममा एनआरएनए प्रतिनिधि मण्डलले आगामी अक्टोबरमा हुने १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्री देउवालाई प्रमुख आतिथ्यताका लागि पनि आमन्त्रण पनि गरेको छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले यथाशक्य छिटो नागरिकता लगायत, ब्रिटिस गोर्खाको समस्या समाधान, नेपाली श्रमिकको लागि राहतमुखी कार्यक्रम लगायतमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

यस्तै सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे । उनले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ