arrow

एनआरएनएको केन्द्रीय अध्यक्षमा कुल आचार्यलाई सहयोग गर्ने निर्णय  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
kul-acharya-nrn.jpg

अमेरिका । प्रजातन्त्रवादी एनआरएन अभियन्ताहरुको विश्वव्यापी भेलाले २०२१-२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षमा संघका सल्लाहकार कुल आचार्यलाई सहयोग गर्ने निर्णय गरेको छ।

उक्त भेलामा एनआरएनएलाई अपारदर्शी ढंगले चलाउने, एनसीसीहरुलाई अनावश्यक दबाब दिने, डेलिगेट्स छनोट प्रक्रियामा एकलौटी गर्ने, एमआइएस सिस्टमलाई दुरुपयोग गर्ने कामहरु भै रहेको भन्दै गम्भीर छलफल गरिएको थियो।

एनआरएन जापान, चिली, बेल्जियम लगायतका मुलुकहरुमा भर्खरै सम्पन्न चुनावमा एमआइएस सिस्टमको व्यापक दुरुपयोग गरी सदस्यहरुको नाम, इमेल लगायत व्यक्तिगत विवरण  दुरुपयोग गरिएको वास्तविकता बुझ्न एनआरएन केन्द्रले तत्काल छानबिन गर्नुपर्ने पनि बैठकले माग गरेको छ ।

आइएलओद्वारा संघलाई दिइएको १० करोड रुपैंयाँ सहयोगमा संचालित परियोजनामा व्यापक अनियमितता छानबिन गर्नेबारे नेतृत्वले खासै चासो नदेखाएकोप्रति बैठकले आपत्ति व्यक्त गरेको छ । श्रमिक नेपालीहरुको नाममा लिइएको रकम दुरुपयोग गरेर एनआरएनएको नाम र प्रतिष्ठा दुरुपयोग गर्ने काम कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। जिम्मेवार व्यक्तिहरु जो कोहि भए पनि छानबिन गरी कारवाहीको दायरामा ल्याउनु पर्नेमा बैठक केन्द्रीत थियो ।

बैठकले संघमा भैरहेको अनियमतितालाई रोकी सबै प्रवासी नेपालीहरु अटाउने साझा संगठनको निर्माण गर्न पहल गर्ने निर्णय पनि गरेको छ। एनआरएनएको १० औं आगामी विश्व सम्मेलनमार्फत सल्लाहकार आचार्यलाई नेतृत्व ल्याउनेगरी सघाउने विषयमा सहभागीहरु एकमत रहेको बताइएको छ ।

एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा.यादव पण्डितले संयोजन गरेको उक्त बैठकमा दिल बहादुर गुरुङ (जर्मनी), विश्व आदर्श पण्डित (युके) जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, बिष्णु सुवेदी, दुर्गा आचार्य (अस्ट्रेलिया), हिक्मत थापा (अफ्रीका) तथा नरेन्द्र भाट (कतार) सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ