arrow

बहुमत बचाउन गठबन्धनका सांसदहरु होटल चहार्दै 

logo
नारायण वली 
प्रकाशित २०७८ साउन २६ मंगलबार
lumbini-hotel.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको सत्ता समीरणलाई आफ्नो पकडमा ल्याउनका लागि अन्तिम कसरतमा लागेको विपक्षी गठबन्धनका सांसदहरुलाई सत्ता पक्षले विचलित गराउछ कि भनेर बहुमत जोगाउनका लागि होटल होटलमा दौडदुप बढाएका छन् ।

लुम्बिनी प्रदेशका राजनीतिक दलहरु एकपछि अर्को रणनीतिमामा उत्रिएका छन् । सत्तापक्ष अदालत पुगेपनि कुनै निकास पाउन सकेको छैन् । यता विपक्षी गठबन्धनलाई बहुमत बचाउन सकस परेको छ । जसका कारण गठबन्धनले आफ्ना सांसदहरुलाई भूमिगत शैलीमा होटल परिबर्तन गरी राख्नमा व्यस्त छ ।

सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखिएका विपक्षी गठबन्धनका ४१ सदस्यहरुलाई मंगलबार साँझ लुम्बिनी स्थित रहेको लुम्बिनी बुद्ध गार्डेनमा लागिएको छ ।  साउन २७ गते, भोली आह्वान गरिएको विशेष अधिवेशनका लागि तयारी एवं छलफल गर्न पायक पर्ने भएकाले लुम्बिनीमा राखिएको विपक्षी गठबन्धनले जनाएको छ ।

यस्तै, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले सर्वोच्चको आदेश कुरेको बताउंदै, फैसला नआएकाले छलफलका लागि बुधबार बिहान ८ बजे संसदीय दलको बैठक बस्ने बताएका छन् । कुल ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा पछी हाल ८० जना सदस्यहरु मात्रै रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ