arrow

वीर अस्पतालमा फेरि चलखेल सुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
NAMS-bir-hospital.jpg

काठमाडौं। मेडिकल क्षेत्रका विवादास्पद व्यक्ति डा जागेश्वर गौतमको बहिर्गमनसँगै डा भुपेन्द्र बस्नेत वीर अस्पतालको प्रशासकीय प्रमुखमा नियुक्त भएका छन्। वीरमा नयाँ नेतृत्व आएसँगै २०७० देखि वीर अस्पतालको खरिद एकाइ र सामाजिक एकाइमा बसेर हालीमुहाली गरेकाहरूले मेडिकल क्षेत्रमा चलखेल गर्नेहरूमार्फत बस्नेतलाई प्रभावमा पार्ने खेल सुरु भएको छ। वीर अस्पतालको मेडिकल स्टोर, प्याथोलिजि स्टोर, मेडिकल बोर्ड र खरिदमा आफू र आफूनिकट निकटलाई नियुक्ति दिलाउन बाहिरका व्यवसायीहरूले चलखेल सुरु गरेका छन्। 

वीरको आर्थिक चलखेल हुने ठाउँ भएका कारण पनि त्यहाँ जान कर्मचारीहरू पनि लालायित हुन्छन्। यही फाइदा उठाउँदै ती स्थानमा जान स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य सचिवलाई पैसा बुझाउन पर्छ भन्दै मोलमोलाइ पनि भइरहेको खबर प्राप्त भएको छ। मेडिकल बोर्डको नक्कली सिफारिस बनाएर कर्मचारी समायोजनमा वीरमै रहन सफल टिकाराम पनेरु,अरूण महत्तो, वीर अस्पतालमा कोभिड भ्याक्सिन बेचेको आरोपित नमराज श्रेष्ठको समूहले व्यापारीहरू मार्फत नवनियुक्त अस्पताल प्रमुखलाई आफ्नो स्वार्थ पूर्तिको लागि दबाब दिइरहेको स्वास्थ्यकर्मी सङ्घका एक पदाधिकारीले बताए। 

मेडिकल ब्यवसायीहरुमार्फत राती राती होटेलमा पार्टी गरी भोलिपल्ट अस्पताल आएर हामीले खरिद र स्टोरमा व्यक्तिहरू सेटिङ्ग गरिसकेका छौं भन्दै राज्यमन्त्री, कांग्रेस नेता लगायतका नाम बेच्दै  अस्पताल प्रमुखलाई बदनाम गरिरहेको अस्पताल स्रोतले बतायो। स्वास्थ्य मन्त्रालयले भने ती नक्कली मेडिकल वोर्डधारीहरुलाई सरुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ। गौतम हटे पछि अस्पताल सुधारको लागि अस्पतालको प्रमुख बनाइएका डा बस्नेतले पनि आफू कुनै पनि कुराबाट प्रभावित नहुने आफ्ना निकटहरूलाई बताएका छन्। अनावश्यक चलखेल बढेको जानकारी मन्त्रालयसम्म पुगेपछि  पनेरु,श्रेष्ठको तत्काल सरुवा गर्ने पक्षमा मन्त्रालय समेत रहेको बुझिन आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ