arrow

परीक्षार्थीले प्रवेशपत्र देखाएर खोप लाउन पाउने, काठमाडौंमा तोकिए यी खोप केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
Covid-vaccine-corona.jpg

काठमाडौं । अब, विश्वविद्यालय तहका परीक्षार्थीहरूले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । परीक्षाको प्रवेश पत्र देखाएर काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड१९विरुद्धको खोप लगाउन पाउने भएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बुधवार अब, परीक्षार्थीहरूले पनि खोप लाउन पाउने भएको जानकारी दिएका हुन् । यस्तै सबै प्रदेशमा परीक्षार्थीहरुले प्रवेशपत्र देखाएर खोप लगाउन पाउनेछन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यस विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, "विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेश पत्रका आधारमा काठमाडौँ उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सक्नुहुन्छ। यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ