arrow

कास्कीमा भदौ ३ गतेसम्म लकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
pokhara-lockdawn.jpg

पोखरा । कोरोना संक्रमणदर र मृत्युदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले लकडाउनको समय थप गरेको छ । साउन तीन गतेबाट जारी लकडाउन भदौ ३ गतेसम्म पुर्याइएको प्रशासनले जनाएको छ ।

कास्कीमा बुधबार जारी तथ्यांक अनुसार १९ सय ६० जना सक्रिय संक्रमित छन् । २९ हजार ३९२ जना संक्रमित पुगेको कास्कीमा २६ हजार ९४० जना निको भएका छन् । कास्कीमा कोरोना संक्रमणबाट हालसम्म ४९२ जनाको मृत्यु भएको छ ।

प्रशासनले सूचना जारी गर्दै कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र होटल, रिसोर्ट र रेष्टुरेन्ट लगायतले भिडभाडजन्य कार्य नगर्न आग्रह गरेको छ ।

प्रशासनको आदेश अवज्ञा गरे कडा कार्वाही हुने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ