arrow

लोकतन्त्रप्रेमी युवाहरु एउटै एजेण्डामा एकाकार हुन तरुण दल अध्यक्ष बस्नेतको आव्हान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
jitjung-basnet.jpg.jpeg

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडी बढाउन सम्पूर्ण लोकतन्त्रप्रेमी युवाहरुलाई एउटै एजेण्डामा एकाकार हुन आव्हान गरेका छन् ।

विहीबार अन्तराष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै युवाहरु राष्ट्र र राष्ट्रियताको प्राण भएकाले आर्थिक विकास र समृद्धिको आधारशिला र नेपाल र नेपालीलाई बीरताको गाथाको रुपमा चिनाउने माध्यम भएको उल्लेख गरेका छन् ।

युवाहरुको सहभागिता र संलग्नता बेगर भएको संसारको कुनै पनि परिवर्तनहरुले संस्थागत रुप लिई दिगो हुन नसकेको बताउँदै अध्यक्ष बस्नेतले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडी बढाउन नेपाली काँग्रेसको काँधमा आइपरेको जिम्मेवारीलाई सहर्ष पुरा गर्न नेपाल तरुण दल केन्द्रिय समिति तत्पर रहेको प्रतिवद्धता पनि जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ