arrow

नेपालमा ५ करोड ५० लाख खोप आवश्यक छ, त्यो धमाधम आउँदैछ: राज्यमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
umesh-shrestha.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले खोप आयात बढाएको र तराईंका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।

उनले ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको बताए । पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको तर बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए। खरिद गरेको र अनुदानमा प्राप्त खोप धमाधम आइरहेको पनि उनले जानकारी दिए ।

विहीबार प्रतिनिधिसभामा बोल्दै राज्यमन्त्री श्रेष्ठले ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा पनि खोप कार्यक्रम प्राथमिकताका साथ अघि बढाउन लागेको बताए ।

स्वास्थ्य क्षेत्रमा राज्यले धेरै परिवर्तन गर्नुपर्ने भएकोले छिटै अल्पकालीन र दीर्घकालीन योजना समेटेर सदनमा प्रस्तुत गर्ने श्रेष्ठको भनाइ छ । त्यस्तै उनले विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ