arrow

सबैभन्दा उत्तम सुत्ने दिशा पूर्व-पश्चिम

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ साउन २९ शुक्रबार
Sleeping-East-west-new.jpg

ईश्वरको क्रिया तरङ्ग पूर्व-पश्चिम दिशामा रहन्छ । यी दुवै दिशाहरूको बिचमा यी तरङ्गहरूको गतिविधि हुन्छन् । पश्चिम दिशामा खुट्टा राखेर सुत्नाले हामी ईश्वरको क्रिया तरङ्गहरूको अधिक लाभ प्राप्त गर्न सक्छौँ । यसले हामीलाई कार्य/क्रिया गर्नको लागि बल प्रदान गर्दछ ।

क्रिया तरङ्गहरू देहमा सञ्चार हुनाले, नाभिको स्तरमा स्थित पन्चप्राण सक्रिय हुन थाल्छ । यो पन्चप्राण उपप्राणको माध्यमले सूक्ष्म वायु उत्सिजर्त हुन थाल्छ । पश्चिम दिशामा खुट्टा राखेर सुत्नाले हाम्रो प्राण देह र पन्चप्राणमय कोषको शुद्धि हुन्छन् । यसले व्यक्तिलाई बल र स्फूर्ति प्रदान गर्दछ ।

सूर्योदयको समय पूर्व दिशाबाट सात्त्विक तरङ्गहरू (माथि उल्लेखित गरिएको तरङ्गहरू बाहेक) प्रक्षेपित हुन्छ । जब हामी आफ्नो खुट्टा पश्चिम दिशामा राखेर सुत्छौँ तब हाम्रो टाउको पूर्व दिशातर्फ हुन्छ फलस्वरूप यो सात्त्विक तरङ्गहरू वातावरण देखि ब्रह्मरन्ध्र (सात कुण्डलिनी चक्रहरू खोल्दछन् ) द्वारा हाम्रो देहमा सजिलैसँग प्रवेश गर्दछ । यो कुण्डलिनीको सातौँ चक्रले सहस्रार चक्रलाई खोल्दछ । यी सात्त्विक तरङ्गहरू ग्रहण गर्नाले हामी पनि सात्त्विक बन्दछौँ र हाम्रो दिनको आरम्भ अधिक सात्त्विकताबाट हुन्छ । आफ्नो दिनको आरम्भ सात्त्विकताबाट गर्नको लागि हामीले खुट्टा पश्चिम दिशामा राखेर सुत्नु पर्छ ।

ईश्वरको क्रिया तरङ्ग र सात्त्विक तरङ्ग अतिरिक्त, सबै सप्तरङ्ग पनि पूर्व दिशाबाट आउँदछ । जब हामी आफ्नो टाउको पूर्व दिशामा राखेर सुत्दछौँ तब हामी सप्तरङ्गको अधिक लाभ लिन सक्छौँ । यसको प्रभावबाट हाम्रो देह चक्र इच्छित दिशा अर्थात् घडीको दिशातर्फ घूमन थाल्दछ । परिणामस्वरूप, हाम्रो सबै शारीरिक क्रियाहरू राम्रोसँग हुन्छन् । शरीरको चक्र एउटा सूक्ष्म अमूर्त प्रणाली हो जसमा सबै स्थूल र सूक्ष्म प्रकार्यहरू हुन्छ ।

जब हामी आफ्नो खुट्टा पश्चिम दिशा र टाउको पूर्वमा राखेर सुत्दछौँ, तब कुण्डलिनीको सात चक्रहरूद्वारा १० प्रतिशत अधिक सप्तरङ्ग ग्रहण हुन्छ । जब चक्रहरू सप्तरङ्गबाट प्रभावित हुन्छन् तब घडीको दिशामा घुम्न थाल्छ यसले व्यक्तिलाई आध्यात्मिक स्तरमा लाभ हुन्छ । तसर्थ निन्द्राको अवस्थामा देहमा उत्पन्न हुने सूक्ष्म मूल रज तम कणबाट व्यक्तिलाई कुनै पनि कष्ट हुँदैन । त्यसैले ऊ राम्रोसँग सुत्न सक्छ । शान्त निन्द्रा लिने दृष्टिले पूर्व-पश्चिम दिशा, अर्थात् पश्चिम दिशामा खुट्टा राखेर सुत्न सबै भन्दा उत्तम हुन्छ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ