arrow

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा, विशिष्ट कक्ष पूर्णरुपमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
fire-final_1618024271.jpeg
सांकेतिक तस्विर ।

चितवन। भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६:४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्नि नियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ