arrow

गण्डकी प्रदेशमा कोरोना नियन्त्रणमा कार्यरत ४ सय ४४ जनाको दरबन्दी म्याद थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
gandaki-budget-krishnachandra.jpg

काठमाडौं । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४ सय ४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकोमा साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्न तथा व्यवस्थापन समिति गठन निर्णय पनि गरेको छ ।

त्यस्तै मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने, मापदण्ड, बमोजिम प्राथमिकता निर्धारण गर्ने । वन क्षेत्रको जग्गा ४.६ हेक्टर जग्गा प्राप्ति तथा रुख कठानका लागि संघ सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश खेलकुद परिषदका उपाध्यक्षमा स्याङ्जा वालिङ नगरपालिका १२ का ध्वजकुमार गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । हाल उपाध्यक्ष रहेका नारायण पुन परिषदको बैकठमा उपस्थित नभएकामा २०७८ साउन १३ मा ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको । प्रष्टिकरण सोधिएकामा उत्तर नआएपछि निजलाई पदबाट हटाउने निर्णय गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ