arrow

अनलाइनबाट नै कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन सकिने, शुल्क नलाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
health_ministry_1617956882.JPG

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइनबाट नै कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाएको छ । मन्त्रालयले अनलाइन मार्फत क्यूआर कोडसहितको प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

सेवाग्राहीले पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि म्यानपावरबाट फर्म भराउंदा कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले सार्वजनिक सुचनामार्फत जनाएका छन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पन बैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरण प्राप्त गर्न सम्बन्धित म्यानपावरले निःशुल्क आवेदन फर्म भरी सेवाग्राहीलाई सहजीकरण गर्न निर्देशन गरिएकोमा केही संस्थाले शुल्क उठाएको गुनासो आएको जनाउँदै अनुचित ढङ्गले शुल्क लिनेमाथि अनुगमन गरी कारबाही गरिने जनाएका छन् । क्युआर कोडसहितको प्रमाण पत्र आवश्यक पर्नेहरुले vaccine.mohp.gov.np/public-request-form गएर आवेदनको अवस्था हेर्न सकिने उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ