arrow

प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त, नयाँ प्रदेश प्रमुखमा मिश्र नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
rajesh ahiraj.jpg

काठमाडौं । सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश २ का प्रदेश प्रमुख रहेका अहिराजलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश २ को नयाँ प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ । मिश्र २०४८ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित बनेका थिए ।

उनी बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरासमेत हुन् । उनी वीपीसँगै बन्दी गृहमा थिए । रामनारायणले जनकपुरलाई औद्योगिक क्षेत्रका रुपमासमेत विकास गरेका थिए ।

सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ, यो वीपीसँगै वन्दी गृहमा रहेका  उनका पिता रामनारायणजी प्रतिको सम्मान पनि हो र जनकपुरलाई औद्योगिक नगरीका रुपमा चिनाउने व्यक्ति प्रतिको सम्मान पनि हो,’ सरकारका एक मन्त्रीले हाम्राकुरासँग भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ