arrow

संघीय संसदका दुबै सदनको अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
samsad4.jpg

काठमाडौं । संघीय संसदका दुबै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको बारे आएको पत्र पढेर सुनाएका थिए ।

सभामुखले पढेर सुनाएको पत्रमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन ३२ साउन राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको उल्लेख छ ।

२८ असारमा पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन ३ साउनबाट सुरु भएको थियो । प्रतिनिधिसभाको अधिवेशन सुरु भएको २६ दिनसम्ममा ९ वटा बैठक बसेको थियो ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दुबै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ