arrow

कोभिड-१९ महामारीको प्रदेशगत तथ्याङ्क, कर्णालीमा मृत्युदर बढी

बाग्मती प्रदेशमा सबैभन्दा कम मृत्युदर

logo
प्रकाशचन्द्र जाेशी
प्रकाशित २०७८ साउन ३२ सोमबार
Infograph-corona-province.jpg

काठमाडौं । देशभर ७ लाख भन्दा मानिस कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । यीमध्ये दश हजार भन्दा बढीले ज्यान गुमाएका छन्, भने झण्डै ७ लाख मानिस सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा कोभिड१९ को सङ्क्रमण सबैभन्दा बढी बाग्मती प्रदेशमा फैलिएको छ । यद्यपि, बाग्मती प्रदेशमा मृत्यु दर अन्य प्रदेश भन्दा कम देखिएको छ । कर्णाली प्रदेशमा भने मृत्युदर अन्य प्रदेश भन्दा उच्च देखिएको छ ।

बाग्मती प्रदेशमा मृत्यु दर १.१७ प्रतिशत देखिएको छ भने, कर्णालीमा २.०६ प्रतिशत देखिएको छ । स्वास्थ्य मन्त्रालयको साउन ३१ गतेसम्मको तथ्याङ्क अनुसार मृत्यु दर २ प्रतिशत नाघ्ने एक मात्र प्रदेश कर्णाली नै हो ।

कुन प्रदेशको अवस्था के छ ?

साउन ३१ गतेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार:

बाग्मती प्रदेशमा हालसम्म २२ लाख १५ हजार ९ सय ३३ जनाको नमुना परीक्षण गरिएको छ । यसमध्ये ३ लाख ७३ हजार ६ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित भएकामध्ये ३ लाख ५१ हजार ३ सय ८६ जना निको समेत भइसकेका छन् । बाग्मती प्रदेशमा ४ हजार ४ सय जनाको मृत्यु भएको छ ।

बाग्मती प्रदेशमा कोभिड१९ को मृत्युदर १.१७ प्रतिशत देखिएको छ ।

प्रदेश १ मा हालसम्म ४ लाख ३५ हजार ९ सय ६० जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ९३ हजार १ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हजार ४ सय जना निको भइसकेका छन् भने, १ हजार ४ सय ६० जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा कोभिड१९को मृत्युदर १.५६ प्रतिशत देखिएको छ ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख ८३ हजार ७  सय ९५ जनाको नमुना परीक्षण भएको छ । यीमध्ये ९२ हजार ८ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८७ हजार ९ सय २९ जना निको भइसकेका छन् भने, १ हजार ६ सय ४० जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा कोभिड१९को मृत्युदर १.७६ प्रतिशत देखिएको छ ।

गण्डकी प्रदेशमा २ लाख ४२ हजार २ सय ४५ जनाको नमुना परीक्षण भएको छ । यीमध्ये ६९ हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ६० हजार ३ सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् भने,१ हजार १ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशमा कोभिड१९को मृत्युदर १.६७ प्रतिशत देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म १ लाख ८४ हजार ९१ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये ३७ हजार ३ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३५ हजार ६ सय २२ जना निको भइसकेका छन् भने, ४ सय ५१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिड१९को मृत्युदर १.२० प्रतिशत देखिएको छ ।

प्रदेश २ मा १ लाख ७१ हजार २ सय ५८ जनाको नमुना परीक्षण गरिएको छ । यसमध्ये ४५ हजार २ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४२ हजार ९ सय ५० जना निको भइसकेका छन्, भने ७ सय ५३ जनाको मृत्यु भएको छ ।

प्रदेश २ मा कोभिड१९को मृत्युदर १.६६ प्रतिशत देखिएको छ ।

कर्णाली प्रदेशमा १ लाख २४ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएकोमा २० हजार ९ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १९ हजार ३२ जना निको भइसकेका छन्, भने ४ सय ३४ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेशमा कोभिड१९को मृत्युदर २.०६ प्रतिशत देखिएको छ ।



नयाँ