arrow

महामारीको विषम परिस्थितिमा गोदरेजको भाईरोसिल्ड उपयुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
goorej-appliances.jpg

काठमाडौँ। तीव्र गतिले बढिरहेको कोरोना कहरको समयमा सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ। कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैङ्क तथा अन्य सेवा प्रदानरत सङ्घसंस्थाहरूमा आफ्नो वरिपरि रहेका सामानहरूलाई जीवाणु रहित बनाउन गोदरेजको भाईरोसिल्ड एकदम उपयुक्त हुने कम्पनीले जनाएको छ।

२ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत भन्दा बढी कोभिडका भाइरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ। भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पन्जा, स्टेशनरी, बच्चाहरूको खेल्ने कुराहरू आदि राख्न सकिन्छ।

भाईरोसिल्डमा विविध सर सामाग्रीहरू राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैङ्कजस्ता सामानहरू भने राख्नु नहुने कम्पनीले जनाएको छ।

आईसीएमआर ल्याबद्वारा सर्टिफाईड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा एक वर्षको वारेन्टी पनि रहेको छ। कोभिडको सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेको र हामी मात्र नभई हाम्रा सर सामाग्रीहरू पनि सङ्क्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाईरोसिल्ड निकै उपयोगी ठहरिने कम्पनीको विश्वास छ। यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेकट्रोनिक्स ईओएल प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ