arrow

दस हजार नगद राशि सहितको “कुमारी स्मार्ट लगिन च्यालेन्ज” अभियान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
kumari-smart-one-month-login-challenge.jpg

काठमाडौँ। डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गरी “कुमारी स्मार्ट लगिन च्यालेन्ज” नामक आकर्षक अभियान सुरु गरेको छ।

उक्त अभियानमा लक्की ड्र मार्फत प्रत्येक हप्ता १० जना र महिना भर ४० जना भाग्यशाली सहभागीहरूले एक हजारका दरले पुरस्कार प्राप्त गर्नेछन्। यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार दस हजार नगद प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

यस अभियानमा सहभागी हुन ग्राहकहरूले सो अभियान सुरु भएको एक महिनासम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रूपमा गर्नुपर्ने हुन्छ। सो अभियान भाद्र १ २०७८ देखि सुरु हुने छ।

१. कुमारी स्मार्ट एप मार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा
२. टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी वा बैङ्क ट्रान्सफर गर्नुपर्ने छ

कुमारी बैङ्कले डिजिटल प्रणाली मार्फत सधैँ आफ्नो सेवाग्राहीहरूमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैङ्किङ सुविधाहरू दिँदै आएको साथै यस अभियान मार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै महामारीको विषम परिस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्वारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता विज्ञप्ति मार्फत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ