arrow

भूपु गोर्खा सैनिकहरुको माग सम्बोधन गराउन नेपालले एक उच्च स्तरीय वार्ता टोली बनाउनुपर्छ : सांसद राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
dibyamani.JPG

काठमाडौं । सांसद दिब्यमणी राजभण्डारीले बेलायतमा भोक हड्तालमा उत्रिएका भूपु गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न नेपाल सरकारले एक विशेष समिति बनाएर ब्रिटिस सरकारसँग वार्ताको पहल गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भूपु गोर्खाहरुको जीवन रक्षा गर्न र उनीहरुको मागप्रति आवश्यक पहल गर्न विशेष समिति बनाइ समस्या समाधनका लागि वार्ता गर्न नेपाल सरकारलाई आग्रह गरेका हुन् ।

यसअघि पनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयका सदस्य, भूपु गोर्खाका प्रतिनिधि र सम्बन्धित विज्ञहरुसहितको उच्च स्तरीय समिति बनाइ काम गर्न निर्देशन दिइएको स्मरण गराउँदै राजभण्डारीले आन्दोलनकारीहरुको मागका सम्बन्धमा यथाशक्य पहल गर्नुपर्ने धारणा राखे ।

‘यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा परराष्ट्र मन्त्रालयले व्रिटिस सरकारलाई सन् २०२० मा एउटा पत्र लेखेको भएपनि त्यसपछि कुनै पहल भएको छैन् । उनीहरुका बारेमा नेपाल सरकारले उच्च स्तरीय वार्ता टोली बनाएर माग सम्बोधनका लागि पहल गर्नुपर्छ ।’
यसअघि व्रिटिस दुतावासले पनि तदारुकता देखाए पनि पछिल्लो समय कसैले चासो नदेखाउनु दुर्भाग्यपूर्ण भएको उनको बुझाइ छ ।

आन्दोलनको नौं दिन पुग्दा आन्दोलनकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले यथाशक्य माग सम्बोधनका लागि पहल गर्नुपर्ने उनको सुझाव छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ