- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा लगभग प्रत्येक ४ जनामा एक जना सङ्क्रमित भेटिइरहेको छ । साउन ४ हप्ताको तथ्याङ्क हेर्ने हो भने ४ लाख २४ हजार ८ सय ५६ जनाको नमुना परीक्षण भएको छ । यीमध्ये ९२ हजार ३ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्ला ४ साता अर्थात् साउन महिनामा ५१ हजार ८ सय ८ जना सङ्क्रमणमुक्त भएका छन् भने, ७ सय ४५ जनाको मृत्यु भएको छ ।
साउन ५ गतेदेखि ११ गतेको अवधिलाई पहिलो साता मान्दा यो अवधिमा १ लाख १ हजार ९ सय ४ जनाको नमुना परीक्षण भएको छ भने, २० हजार ४ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
साउन पहिलो सातामा ११ हजार ९ सय ६९ जना सङ्क्रमणमुक्त भएका छन्, भने १ सय ५६ जनाको मृत्यु भएको छ । पहिलो सातामा सङ्क्रमण दर २०.०४ प्रतिशत देखिएको छ ।
यसै अनुसार साउन दोस्रो साता अर्थात् १२ देखि १८ गतेको अवधिमा १ लाख २ हजार १ सय ९५ जनाको नमुना परीक्षण गरिएकोमा २३ हजार ५ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यो अवधिमा १२ हजार ८ सय २१ जना निको भएका छन्, भने १ सय ६० जनाको मृत्यु भएको छ । दोस्रो सातामा सङ्क्रमण दर बढेर २३ प्रतिशत पुगेको देखिन्छ ।
यस्तै साउन तेस्रो साता अर्थात् १९ गतेदेखि २५ गतेसम्म १ लाख ९ हजार ६ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने, २४ हजार ५ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै यसै अवधिमा १२ हजार ९ सय ६१ जना सङ्क्रमणमुक्त भएका छन्, भने २ सय १७ जनाको मृत्यु भएको छ । तेस्रो सातामा सङ्क्रमण दर २२.४१ प्रतिशत देखिएको छ ।
यस्तै साउन अन्तिम साता अर्थात् २६ देखि ३२ गतेसम्ममा १ लाख ११ हजार १ सय १३ जनाको नमुना परीक्षण गरिएको छ भने, २३ हजार ८ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यो अवधिमा १४ हजार ५७ जना सङ्क्रमणमुक्त भएका छन्, भने २ सय १२ जनाको मृत्यु भएको छ । साउन अन्तिम साता सङ्क्रमण दर २१.३ प्रतिशत देखिएको छ । यद्यपि साउन पहिलो साता मृत्यु हुनेको संख्या २ सय भन्दा मुनि रहेकोमा साउन अन्तिम साता २ सय नाघेको छ ।
यस्तै सङ्क्रमित हुने दर पनि थपघट भएको देखिन्छ । तर, समग्रममा सङ्क्रमण दर २० प्रतिशत भन्दा बढी रहेको छ । साउन दोस्रो साता २३ प्रतिशत भन्दा बढी सङ्क्रमण दर देखिनुले प्रत्येक ४ जनामा एक जना सङ्क्रमित भइरहेको संकेत गर्छ ।