- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट केही बेरअघि प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजेश अहिराजलाई प्रदेश प्रमुखबाट हटाएर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।