नेपाललाई विद्युतबाट आत्मनिर्भर गराइ भारतमा विक्री गर्छौं : कुलमान घिसिङ
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
846
Shares
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार ३६ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण क्षमता वृद्धि गरी विद्युतमा आत्मनिर्भर हुने पहिलो लक्ष्य रहेको बताएका छन् ।
उनले दुई हजार मेगावाट क्षमतामा रहेको प्रशारण क्षमतालाई १६ सय मेगावाट वृद्धि गरी ३६ सय मेगावाटमा पुर्याउने लक्ष्य राखेको बताए ।
०७८ असार २१ गते उत्पादन शुरु गरेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेसँगै यसै आगामी पाँच वर्ष भित्र १६ सय मेगावट क्षमता उत्पादन थप गर्ने लक्ष्य प्राधिकरणले लिएको छ र विद्युतमा आत्मनिर्भर गर्न विद्युतपूर्ण प्रयोग गरी भारतीय बजारमा विद्युत विक्री गर्ने गरी सम्झौता समेत गरिसकेको उनले बताए ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युतमा आत्मनिर्भर बन्न प्राधिकरणले ठुला जलासययुक्त आयोजनाहरुमा लगानी गर्ने लक्ष्य लिएको बताइन । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उत्पादनमा जोड दिने र प्राधिकरणले सेवाग्राहीसँग प्रभावकारी सेवा विस्तार गरी देशकै एउटा उदाहारणीय संस्थाको रुपमा विकास गर्न कर्मचारीहरुलाई निर्देशन दिइन ।