arrow

कोरोना अपडेट : ३,२७४ संक्रमित थपिए, १,९२९ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ३७  हजार २ सय ९४ जनामा र एन्टिजेन विधिबाट ७६ हजार ८ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख  ८७ हजार ६९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ३ सय ५४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ७ सय ९० जनाको आईसीयु र १ सय ९१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमित संख्या ३९ हजार ८  सय ७१ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ