arrow

नेपाल प्रहरीले भन्यो -डोटीमा बरामद भएको सुन र नगद भारतमा बुझाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
nepal-police12.jpg

काठमाडौँ । नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्‍याएर भारतीय प्रहरीमा बुझाएको बताएको छ  ।

भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र रु १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले मंगलवार एक विज्ञप्तिमार्फत विधि र प्रक्रिया अबलम्वन गरी भारतमा बुझाइएको जनाएको छ । 

“उक्त बरामद सुन र नगद डोटी प्रहरीले प्रहरी प्रधान कार्यालय र भारतीय दूतावासका प्रतिनिधिको समन्वय र रोहवरमा कूटनीतिक कार्यविधि र प्रक्रिया पूरा गरी इन्टरपोल शाखामार्फत पीडितको अक्तियारनामा लिई कानूनबमोजिम आवश्यक कारबाहीका लागि दिल्लीको नेशनल सेन्ट्रल ब्यूरोका अधिकारिक प्रतिनिधिलाई जिम्मा लगाएको ब्यहोरा जानकारी गराइन्छ”, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमार्फत प्रहरीले नेपाल प्रहरीको शाख र छविमा आँच पुर्‍याउने किसिमका गतिविधिको भ्रममा नपर्न पनि अनुरोध गरेको छ । केही महिनाअघि प्रहरीले डोटीबाट नगद रु १० लाख र एक हजार १०० ग्राम सुन बरामद गरेको थियो ।

 उक्त सुन र नगद भारतबाट चोरी गरी ल्याइएको र स्वयं पीडितपक्ष नै प्रमाणसहित नेपाल आएपछि कूटनीतिक माध्यमबाट कानूनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सुन र नगद भारतको प्रहरी अधिकारीलाई बुझाइएको प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

यो पनि पढ्नुस् : 

कहाँ गयो डोटी प्रहरीले बरामद गरेको एक किलो सुन र १७ लाख बढी पैसा ?
एक किलो सुन र १७ लाख रुपैयाँ काण्डबारे यसरी बोली फेरिरहेछ प्रहरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ