arrow

लिथुवेनियाले पठायो स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
health-ministry.jpeg

काठमाडौँ । कोरोना महामारीविरुद्ध लड्न युरोपेली सङ्घको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको स्वास्थ्य उपकरण तथा सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

रु सत्तरी लाख बराबरका पाँच वटा भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटर आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । हालसम्म लिथुवेनियासहित सङ्घका १३ सदस्य राष्ट्रले नेपाललाई रु एक अर्ब ७० करोड बराबरका स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 

नेपाल सरकारको सहायताको अपिललाई दृष्टिगत गर्दै स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क, आयरल्यान्ड, इटाली र हङ्गेरीले स्वास्थ्य उपकरणसहित सहयोग गरेका हुन् ।



नयाँ