arrow

अफगानिस्तान घट्नाक्रमबारे नेपाल सरकारको आधिकारीक धारणा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
Pararastra-Mantralaya.jpeg

काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा विकसित पछिल्ला घटनाक्रमहरु नजिकबाट नियालिरहेको आधिकारीक धारणा सार्वजनिक गरेको छ । मंगलबार परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै सडक, हवाई वा सीमा नाकाबाट देश छोड्न चाहने सबैको सम्मान र सहजीकरण गर्नको लागि अन्तर्राष्ट्रिय आह्वानलाई समर्थन गरेको छ ।

सार्कको सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा दिर्घकालिन शान्ति र स्थिरता कायम भएको र मानव जीवन, सम्पत्तिको रक्षा एवं अफगानिस्तानका नागरिकको निरन्तर प्रगति भएको देख्न चाहेको विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ