arrow

नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
prithvi-highway-dhading.jpg
तस्वीर–फाइल ।

धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् । 

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताइन् । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ