arrow

टेलिकमको एफटीटीएच सेवा सङ्ख्यामा अद्यावधिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
nepal-telecom-1618296039.png
फाइल तस्बिर

काठमाडौँ। नेपाल टेलिकमले एफटीटीएच सेवामा एउटै फाइबरमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गरिरहेकोको ग्राहक सङ्ख्यामा अद्यावधिक गरेको छ।

टेलिकमले यस सम्बन्धमा गत साउन २९ गते प्रेस विज्ञप्तिमार्फत जानकारी सार्वजनिक गरेकामा तथ्याङ्कमा मेल नखाएको भन्दै फेरि ग्राहक सङ्ख्या अद्यावधिक गरी प्रेस विज्ञप्ति निकालेको हो।

टेलिकम प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो प्रेस जानकारीमा उल्लेख गरिएको २०७८ वैशाखदेखि श्रावण २८ गतेसम्ममा वितरण गरिएको सङ्ख्या कुल वितरित सङ्ख्यासँग मेल नखाएको हुनाले थप विश्लेषणपश्चात् २०७८ वैशाखदेखि साउन मसान्तसम्म ४ महिनामा करिब ३७,१५० वटा सिपिईमार्फत डाटा तथा भ्वाइस सेवामा कुल ५४,८०० भन्दा बढी ग्राहकलाई सेवा उपलब्ध गराइएको निक्र्यौल गरिएकोले सोही अनुसार विवरण अद्यावधिक गरी भुल सुधार गरिएको ब्यहोरा अनुरोध गरिन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ