arrow

जाँदाजाँदै डा.अहिराजको सम्बोधन: ‘पद’ र ‘शक्ति’ सधैंका लागि कोहीसँग रहँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
rajesh ahiraj.jpg

काठमाडौं । प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले नियुक्त भएपश्चात आफूले ‘शिरमा देश र मनमा मधेश’लाई राखी कार्य गरेको दाबी गरेका छन् ।

नेपालीहरू बीचको राष्ट्रिय एकता र सद्भावबाट मात्र नेपाली जातिको उन्नति, प्रगति र समृद्धि सम्भव छ भन्ने तथ्यमा स्पष्ट रहीआएको उल्लेख गर्दै उनले गौरवपूर्ण इतिहासलाई बिर्सेर वा यसप्रति घृणाभाव फैलाएर भविष्य उज्वल हुन सक्दैन र स्वाभिमान उठ्न सक्दैन भन्ने दृढ विश्वास रहिआएको उनले बताए ।

प्रदेश प्रमुखबाट विदा लिंदै बुधबार सम्बोधन गर्दै डा. अहिराजले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर प्रदेश प्रमुखको कार्यकक्षमा राखी कार्य प्रारम्भ गरेको बताउँदै उनले आफूले पृथ्वीनारायण तस्वीर राखेकै आधारमा प्रतिगामीको बिल्ला भिराइने बुझेको बताए ।

उनले राज्यको सार्वजनिक पदमा रहेका मानिसहरूले नागरिकसँग जति अन्तरक्रिया गर्छन्, जति सामिप्यतामा रहन्छन् त्यति नै लोकतन्त्र बलियो हुने बताउँदै सार्वजनिक पदमा रहनुको मतलब नागरिकबाट टाढिनु, जमिनभन्दा माथि बस्नु वा नागरिक सर्वोच्चतालाई अवमूल्यन गर्नु होइन भन्ने मेरो मान्यता रहिआएको उल्लेख गरेका छन् ।

डा. अहिराजले आफ्नो कार्यकालमा प्रदेशमा समावेशिता र समानुपातिकताको जग बसाल्न बल पुगेको साथै संघीयतालाई संस्थागत गर्न सहयोग पुगेको दाबी गर्दै उनले भने, ‘पद’ र ‘शक्ति’ सधैंका लागि कोहीसँग रहदैन । मुख्य कुरा देश र जनताका लागि कति योगदान गर्न सकियो भन्ने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ