arrow

दुई दिनभित्रमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
verocell-vaccine-china1623314936.jpg

काठमाडौं । चीनबाट बुधबार अर्थात आज(बुधबार) ८ लाख डोज भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चीनबाट खरिद सम्झौता अन्तर्गतको आज ८ लाख र भोलि(विहीबार)८ लाख गरी १६ लाख डोज खोप भित्रिने भएको हो ।

सरकारले यसअघि चीनबाट कोरोना भाइरसविरुद्धको ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकिको छ । थप ६० लाख डोज खरिदका लागि अघि बढेको प्रक्रिया अन्तर्गत १६ लाख डोज खोप आज र भोलि आउन लागेको हो ।

चीनले यसअघि कोभिड१९ विरुद्धको १८ लाख डोज खोप अनुदान स्वरुप दिएको छ । यस्तै चीनले थप १६ लाख डोज अनुदान स्वरुप दिने भएको छ । तर, शुरुमा खरिद सम्झौता अन्तर्गतको १६ लाख डोज खोप आउने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ