arrow

शनिबार र सोमबार जापानबाट एस्ट्राजेनिका खोप आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
khop-japan.jpg

काठमाडौं । जापान सरकारले अनुदानस्वरुप दिने भएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी खोप शनिबार र सोमबार आउने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत खोप आपुर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुगांनाले शनिबार र सोमबार गरी दुई लटमा खोप आउने बताएका हुन् ।

जापानले दिने भएको १६ लाख डोज खोपमध्ये यसअघि ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइसकेको छ । सो खोप साउन २३ गते  शनिबार विहान १०ः३० मा कतार एयरवेजबाट खोप नेपाल आइपुगेको हो ।

बाँकी खोप भदौ ५ गते शनिबार र भदौ ७ गते सोमबार नेपाल आइपुग्ने भएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्तरुपमा उत्पादन गरेको कोभिड१९विरुद्धको खोप जापानले नेपाललाई दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ