arrow

कोरोना अपडेट : सक्रिय संक्रमित ४० हजार नाघे, एकै दिन ४२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ३९  हजार ९ सय ७ जनामा र एन्टिजेन विधिबाट ७७ हजार ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप २  हजार १ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख  ८९ हजार १ सय ७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ३ सय ९६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ७ सय ७० जनाको आईसीयु र १ सय ८६ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमित संख्या ४० हजार ३ सय ३८ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ