arrow

गण्डकीमा पाँच जनाको मृत्यु, ५ सय ४ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट बिहीबार पाँच जनाको मृत्यु भएको छ भने ५०४ जना संक्रमित थपिएका छन् । 

बिहीबार मृत्यु हुनेमध्ये बागलुङका दुई, कास्की, तनहुँ र म्याग्दीका एक एक जनाको मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ १२ सय २१ जना पुगेको छ ।

बिहीबार कास्कीमा २६८ जना संक्रमित थपिएका छन् । यस्तै, नवलपरासी पूर्वमा २५, स्याङ्जामा ५५, बागलुङमा २५, तनहुँमा ३८, लमजुङमा ३९, गोरखामा २३, पर्वतमा दुई र बागलुङमा १९ जना संक्रमित थपिएको गण्डकी स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

यसै गरी गण्डकीमा पछिल्लो २४ घण्टामा ५१० जना कोरोना संक्रमित निको भएको शर्माले बताए । उनका अनुसार गण्डकीमा हाल ५८ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् । 
गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा धेरै सक्रिय संक्रमित कास्कीमा रहेको छ । बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार कास्कीमा २२ सय ७४ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ