arrow

भोक हड्तालमा उत्रिएका भुपू गोर्खाहरुको अनशन तोडियो, सर्वोच्चले दियो अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
grukha-army.jpg

काठमाडौं । भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि १३ दिन देखि भोक हड्तालमा उत्रिएका भुपू गोर्खाहरुको अनशन तोडिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको बेलायतस्थित पत्रकार जगन कार्कीले जनाएका छन् ।

बेलायत सरकार र अनशनरत पक्षवीच सहमति भएपछि लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा आन्दोलनकारीलाई जुश पिलाएर अनशन तोडिएको हो ।

२१ जुलाई बाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएको कारण ७ अगष्टबाट भोक हड्ताल बसेका थिए । उनीहरुको स्वास्थ्यस्थिती जटिल बन्दै गएपछि सरकारमाथि थप दबाब सिर्जना भएको थियो ।

१९९७ भन्दा पहिले रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन् । सोही मुद्धामा गोर्खालीहरुले बर्षौदेखि गोर्खा सत्याग्रह संघर्ष समितिमार्फत आन्दोलन गर्दै आएका छन् ।

यता, अनशनरत भूपू गोर्खा सैनिक र उनीहरुका परिवारको जीवनरक्षाको गर्न सरकारका नाममा सर्वोच्च अदालतले विहीबार नै अन्तरिम आदेश जारी गरेको छ । उनीहरुको जीवन रक्षाका लागि पहल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयलाई सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ