arrow

कोरोना जितेकाहरुलाई क्षयरोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
tuberculosis-desease.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी जितेकाहरुलाई क्षयरोग देखिन थालेको छ । भारतको कर्नाटकमा कोरोना जितेका बिरामीले अर्को रोगको सामना गर्नु परेको हो । कर्नाटकमा अहिलेसम्म दुई दर्जनभन्दा बढीलाई क्षयरोग भएको छ । 

निरन्तर यस्ता घटना बढ्न थालेपछि प्रदेश सरकारले कोरोना जितेका सबैलाई फेरि क्षयरोग जाँच गराउन आग्रह गरेको छ । कर्नाटकका स्वास्थ्य मन्त्री डा. के सुधाकरले बिहीबार एएनआई समाचार एजेन्सीलाई जानकारी दिँदै कोरोना जितेका सबैलाई क्षयरोग पनि परीक्षण गराउन भनेका हुन् । 

उनका अनुसार कर्नाटकमा मात्रै २८ लाख भन्दा बढीले कोरोना जितेका छन् । कोरोना र क्षयरोग दुवैले फोक्सोमै आक्रमण गर्ने हुनाले कोरोनाबाट निको भए पनि कतिपयले क्षयरोगको सामना गर्नु परेको हो । 

जति छिटो पहिचान हुन्छ त्यत्ति नै छिटो उपचारका लागि सजिलो हुने भएकाले सबैलाई क्षयरोगको परीक्षण गर्न आग्रह गरिएको हो । 

कोरोना भाएकालाई क्षयरोग हुने सम्भावना र यसको असर बारेमा २४ देशमा अध्ययन अनुसन्धान भइरहेको छ । जसमा भारत, ब्रजिल, रुस, दक्षिण अफ्रिका लगायत रहेका छन् । 


 



नयाँ