arrow

साप्ताहिक कोरोना अपडेट : झण्डै २२ हजार सङ्क्रमित थपिए, २ सय १७ जनाको मृत्यु

एक सातामा कोभिड-१९ को सङ्क्रमण दर १९.८० प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
infograph-corona-week2.jpg

काठमाडौं। पछिल्लो एक साता (साउन २२ देखि साउन २८ गतेसम्म)मा १ लाख १० हजार ८ सय ३७ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये २१ हजार ९ सय ५४ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा औसतमा पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ को सङ्क्रमण दर १९.८० प्रतिशत देखिएको छ ।

यसै अवधिमा १३ हजार ९ सय २२ जना कोभिड-१९को सङ्क्रमणबाट मुक्त भएका छन् । यस्तै सात दिनको अवधिमा २ सय १७ जना सङ्क्रमितको मृत्यु भएको छ । 

साउन २९ गते १८ हजार ५ सय ८२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९ सय १५ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

साउन ३० गते १३ हजार ५ सय ७३ जनाको नमुना परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ हजार ३ सय २० जना सङ्क्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

साउन ३१ गते १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ हजार ८ सय ६७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

साउन ३२ गते १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ५१ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

भदौ १ गते १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा ३ हजार २ सय ७४ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ हजार ९ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

भदौ २ गत १६ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

भदौ ३ गत  १६ हजार ४ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३,०७५ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ । यस्तै २,१२६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

गत साता (साउन २२ देखि साउन २८ गतेसम्म)मा १ लाख ९ हजार ४ सय ६१ जनाको नमुना परीक्षण गरिएको थियो । 

तीमध्ये ४२ हजार ७ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।  यस अनुसार गत साता कोभिड-१९को सङ्क्रमण दर २२.६४ प्रतिशत रहेको थियो ।

यो साताको तथ्यांक हेर्दा सङ्क्रमण केही कम भएको देखिएको छ । यद्यपि, कोभिड-१९ सङ्क्रमणको जोखिम भने उच्च नै रहेको छ ।

कोरोना अपडेट: पछिल्लो हप्ताको सङ्क्रमण दर २२ प्रतिशत 



नयाँ