arrow

गण्डकी : ५ सय ७७ जना निको भए, ३ सय ३ सङ्क्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७७ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित गण्डकीमा ७१ हजार ३२० जना कोरोना सङ्क्रमित निको भएका छन् । 

गण्डकीमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ सय चार जना रहेको छ । जसमा सबैभन्दा धेरै कास्कीमा २१ सय ८६ जना छन् ।

यस्तै, गण्डकीमा आज कास्कीमा ११० जनासहित ३०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमा म्याग्दीका सात जना, पर्वतका सात जना, गोरखाका ४८ जना, लमजुङका चार जना, तनहुँका ३५ जना, बागलुङका १९ जना, स्याङ्जाका ३६ जना र नवलपरासी पूर्वका ३७ जना रहेका छन् । 

योसहित गण्डकीमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार १५० जना पुगेको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

थप पाँच जनाको मृत्यु
गण्डकीमा आज पनि पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जनाको चितवन र तीन जनाको पोखरामा मृत्यु भएको हो । जसमा नवलपरासी पूर्वका दुई जना, पर्वतका एक जना र पोखराका दुई जना छन् ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ सय २६ जना पुगेको संयोजक शर्माले जानकारी दिए । जसमध्ये सबैभन्दा धेरै कास्कीमा ५२३ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ