arrow

कुमारी बैङ्क लिमिटेडका ३ नयाँ शाखा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
kumari.jpg
फाइल तस्बिर

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा खोलेको छ। प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगन्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

यसका साथै कुमारी बैङ्क लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन्। काठमाडौँ उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्सटेन्सन काउन्टरहरूबाट बैङ्कले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ।

कोरोना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैङ्कले ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै थप शाखाहरू बिस्तार गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ