महासङ्घको पहलमा व्यवसायीलाई कोभिड विरुद्धको खोप कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
629
Shares
काठमाडौँ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय-स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालय, टेकुमा शुक्रवार उद्योगी व्यवसायीहरूका लागि कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्यो। महासङ्घले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा महासङ्घका सदस्य सङ्घ संस्था आबद्ध उद्यमी व्यवसायीहरू, कामदार कर्मचारीहरू तथा परिवारजनलाई खोप दिइएको थियो। उक्त कार्यक्रममा करिब ६ सय जनाले भेरोशिल खोप लगाएका छन्। सरकारको स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गरिएको खोप कार्यक्रम साँझ ४ बजेसम्म चलेको थियो।
खोप कार्यक्रमको शुभारम्भ महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सिप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए।
सङ्घीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिड विरुद्धको खोप उपलब्ध गराए जस्तै सबै प्रदेश सरकारहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासङ्घ सम्बन्धित प्रदेश सरकारहरूसँग पनि अनुरोध गरेको जनाएको छ।