arrow

कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र सेञ्चुरी कमर्सियल बैङ्क बीच कृषि कर्जा सम्बन्धी सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
centuary-bank-karnali-province.jpg

काठमाडौँ। कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६” कार्यान्वयनमा ल्याउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौता पश्चात् कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी बैङ्कका विभिन्न शाखाहरूबाट व्यावसायिक कृषकहरूले सहुलियतपूर्ण कृषि कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैङ्कको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेतमा अवस्थित मन्त्रालयमा हस्ताक्षर गरेका थिए।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैङ्कले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैङ्किङ र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ