arrow

कुमारी बैङ्कद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
kumari-bank-csr.jpg

काठमाडौँ। विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार सहयोग गरेको छ। न्यून आमदानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरूलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरू गर्दै आएको छ।

 कार्यक्रममा बैङ्कका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्त रूपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेनटाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य सङ्घले गर्दै आएको प्रशंसनीय कार्यहरूको सराहना स्वरूप उक्त सहयोग रकम हस्तान्तरण गरेको बैङ्कले जनाएको छ।

लकडाउनको यस विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरूलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको  बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ