arrow

कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन

logo
रासस,
प्रकाशित २०७८ भदौ ५ शनिबार
pahiro-kodari.jpg
फाइल तस्बिर

सिन्धुपाल्चोक। गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इन्जिनियर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको  छ।

नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको उनले बताए।

चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ। आयात पनि सहज ढङ्गले भएको छैन। पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि राजमार्ग सञ्चालनमा उचित पहल नभएको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ